काठमाडौं म/स
पछिल्लो समय नेपाली लोक दोहोरी क्षेत्रमा निकै नै सक्रिय गायक,सगितकार,सर्जक अर्जुन पन्त को नया गित घास दाउराको भारि नामक गित हालै मात्रै रेकर्ड सप्पन्न भएको छ।पर्बत को फलेबास न पा लिमिठाना ७ मा जन्मिएका सर्जक पन्त ले आफ्नो जन्म जिल्ला लाई निकै नै माया गर्ने सर्जक को रुप मा चिनिनछन।यसै गित को शब्द पनि जन्म गाउँ लिमिठानाको बन जङ्गल पाखा पखेरा पुराना धारा पधेरा आफुले पढेको स्कुल मठ मन्दिर हरियालि बाताबरण लाई समेटेर लिमिठाना कै देब बि.क. ले लेखेका हुन भने यो गित मा लय अर्जुन पन्तको रहेको छ भने गित मा आबाज बैदेसिक रोजगारी को सिलसिलामा कतार मा रहेका देब बि क र पर्बत फलेबास न पा मा कार्यरत कर्मचारी बिन्दु गौतम को रहेको छ।गित लाई सगित एरेनज याम थापा मगर ले गरेका छन भने रेकर्डिङ कतार स्थित आभास डिजिटल र पोखरा स्थित पुन डिजिटल स्टुडियो मा गरिएको छ।दसै पछाडि लिमिठाना कै सेरोफेरोमा रहेर छायांकन गरि गित लाई बजार मा लिएर आउने तयारीमा रहेको सर्जक पन्तले बताएका छन।
सर्जक पन्त को घास दाउराको भारि रेकर्डिङ सम्पन्न
