अमेरिकामै घरजम गरेका नेपाली कलाकारहरुको जमघट कोलोराडोको डेनभरमा भएको छ । उनीहरु पाँचौ एभरेष्ट ग्लोबल नेपाली फिल्म फेस्टिभल एण्ड अवार्ड २०२२ मा सहभागी हुन त्यहाँ गएका हुन् ।
गत शनिवार कोलोराडोमा आयोजित कार्यक्रममा पुराना र नयाँ कलाकारको जमघट भएको आयोजक पक्षले जनाएको छ । कार्यक्रममा सारङ्गा श्रेष्ठलगायतलाई सम्मान र पुरस्कृत गरिएको छ ।