काठमाण्डौ.
राष्ट्रिय चेतनशील कला संरक्षण नेपालको प्रस्तुतीमा रहेको मौलिक ‘हर्क जस्तो मेयर चाहिन्छ’ गीतको भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा संजिव परिवेश , रामशरण आले , सन्तोष गिरी , सुरेन्द्र राज सिक्देल , विष्णु रिमाल , सिता बराल ,पवित्रा खड्का , रमेश राज वराइली , रिसु गडतौला, रामशरण ढकाल , सन्देश रिजाल ,शम्भु नेपाल , तिर्थ बस्नेतको स्वर रहेको छ ।
मुलुकको विकासमा धरानका मेयरले जनता प्रति समर्पित भएर कर्तव्यपुर्ण ढंगबाट निवाह गरेको भुमीकाको बारेमा गीतमा वर्णन गरिएको छ । शम्भु नेपाल र राम शरण आलेको शव्द तथा रामजी थापा मगरको लय सिर्जना गीतमा रहेको छ । मुकेश हुमागाईँको छायाँकन ,कप्लेश विश्कर्माको सम्पादन तथा निरेन श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ। ‘हर्क जस्तो मेयर चाहिन्छ’ गीतको भिडियोमा युवक कार्की , सुप्रभा थापा, सजिना सुनार लगायतको अभिनय रहेको छ ।
‘हर्क जस्तो मेयर चाहिन्छ’ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।