- रोशन पोखरेल

काठमाण्डौं
गायिका रेश्मा पुन को आवाजमा रहेको ’मालिङ्गो काटी ’ गीतको भिडियो लिम्दुनी क्रियसनको युटुव मार्फत सार्वजनिक भएको छ । मौलिक परिवेशमा आधारित मौलिक सिर्जनामा कलम चलाइरहेकी डा. सु माया राईको शब्द तथा डि. आर. अटुको संगीत तथा राजु कार्कीको एरेन्जमा गीत तयार गरिएको छ । ग्रामिण परिवेशमा रहेका मायालु जोडि विचको प्रेम प्रसङगलाई गीतमा समेटिएको छ ।

भुपेन्द्र तुम्बाहाम्फे लिम्बुको छायाँकन , अनिल रानाको सम्पादन तथा दिनेश माङमुको कोरियाग्राफी तथा निर्देशनमा भिडियो तयार गरिएको छ । मौलिक सिर्जनामा आधारित गीतमा बन्दना राई , प्रयास दिप राई र प्रकाश राईको अभिनय रहेको छ ।
’मालिङ्गो काटी ’ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

तपाईको प्रतिक्रिया