काठमाडौं। प्रकोप पुर्वतयारी सञ्जाल (डीपीनेट )नेपालको चौधौँ साधारणसभा सम्पन्न भएको छ।

विपद् जोखिम न्युनिकरणका लागि हरेक नागरिक तथा सरोकारवाला निकायले सहकार्य तथा जोखिम कम गर्न लगानी समेत गर्ने अभ्यास निरन्तर गर्नुपर्नेमा जोड दिइएको छ।

पूर्व शिक्षा मन्त्री एवं विपद् विज्ञ गङ्गालाल तुलाधरले प्रकोप पुर्वतयारी सञ्जाल, नेपाल ९डीपीनेट नेपाल०द्वारा शुक्रवार राजधानीमा आयोजित संस्थाको चौधौँ साधारणसभालाई सम्वोधन गर्दै नेपाल बाढीपहिरो, आगलागी, भुकम्पलगायत विविध विपद्को जोखिम क्षेत्र रहेकोले विपद् जोखिम न्युनिकरणको अभ्यासलाई परम्परा सरह नै पछ्याउनुपर्ने बताए।

तुलाधरले मेलम्चीमा बाढी आउँदा साइरनले तल्लो नदी किनारमा बसोबास गर्ने नागरिकको ज्यान जोगाउन सफल भएको उदाहरण दिदैं समयमा सूचना पाउँदा भौतिक क्षति भएपनि मानवीय क्षती कम भएको बताएका छन्।

मन्त्री तुलाधरले प्रकोप पूर्वतयारी सञ्जाल९डीपीनेट०ले विगत चौध वर्षदेखि सरकारी तथा अन्य विभिन्न संस्थासँगको सहकार्यमा विपद् जोखिम न्युनिकरणको क्षेत्रमा गरेको काम उदाहरणीय भएकोले यस संस्थालाई संस्थागत गर्दै अगाडि बढ्ने सन्दर्भमा आफुले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए।

कार्यक्रममा डीपीनेटका महासचिव कैलाश रिजालले संस्थाको गतिविधीबारे जानकारी दिंदै विगत वर्षदेखि विपद् जोखिमबारे आफ्नो विज्ञता, गतिविधी तथा छलफल, सुझाव प्रस्तुत गर्न डीपीनेट डिजिटल प्लेटफार्म उपलब्ध गराएको जानकारी दिए।

डीपीनेटको स्थापनाकालमा विपद् तथा सामाजिक काममा संलग्न १३ वटा संस्थाबाट सुरू भएको डीपीनेटमा हाल यस क्षेत्रमा काम गरिरहेका अभियन्ता तथा संस्था गरी एकसय २३ वटा संस्थाले सहकार्य गरिरहेको पनि उल्लेख गरे।

डीपीनेटका अध्यक्ष सूर्यबहादुर थापाले विपद् कतिबेला आउँछ् भन्ने निश्चित नभएपनि त्यसबाट जोगिने उपायबारे समुदायस्तरमै जागरण फैलाउन संस्थाले काम गरिरहेको बताए।
अध्यक्ष थापाले कोरोना महामारी, २०७२ सालको भुकम्पको नेपालीले सामना गरिसकेको अवस्थामा अनुभव र सिकाईसँगै हरेक वर्ष आउने बाढिपहिरो, आगलागीको जोखिम न्युनिकरणका लागि योजनावद्ध ढङ्गले तयारी पनि पनि सँगसँगै गर्दै जानुपर्नेमा जोड दिए।

तपाईको प्रतिक्रिया