विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज प्रदेशसभाबाट विश्वासको मत लिदैछन् ।
तेस्रो पटक मुख्यमन्त्री भएपछि कार्कीले दोस्रो पटक विश्वासको मत लिन लागेका हुन् । गत वैशाख २७ गते मुख्यमन्त्री नियुक्त भएका कार्कीले पहिलो पटक वैशाख ३१ गते विश्वासको मत लिएका थिए ।
यसअघि नेकपा माआवादी केन्द्रको समर्थनमा कार्की मुख्यमन्त्री भएका थिए । साउन ११ गते माओवादीले कोशी प्रदेशको सरकारबाट बाहिरिए पनि भदौ १४ गते मात्रै कार्कीलाई दिएको समर्थन फिर्ता लिएको थियो । सत्ता गठबन्धन परिवर्तन भएपछि अहिले कोशी प्रदेशमा नेकपा एमालेको नेतृत्वमा बनेको सरकारमा कांग्रेस सहभागी छ ।
संविधानको धारा १६८ (५) मुख्यमन्त्री बनेका कार्कीकाे पक्षमा दुई तिहाई बहुमत छ ।
९३ सदस्यीय कोशी प्रदेशसभामा मुख्यमन्त्री कार्कीको दल नेकपा एमालेका ४० सांसद छन् भने सत्ताघटक कांग्रेसका २९ सांसद छन् ।
प्रदेशसभामा माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा एकीकृत समाजवादीका ४ र जसपाका १ सांसद छन् ।