रामेछाप – रामेछापको मन्थली नगरपालिका–५ सुनारपानीको भदौरेमा हिजो दिउँसो भएको जीप दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या दुई पुगेको छ ।

दुर्घटनामा घाइते भएका मन्थली–४ का ६९ वर्षीय दिलीपकुमार बरुवालको धुलिखेल अस्पतालमा उपचारका क्रममा गएराति ज्यान गएसँगै ज्यान गुमाउनेको सङ्ख्या दुई पुगेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । यसअघि मन्थली नगरपालिका–४ सालुकी वडा सदस्य पदममाया नेपालीको घटनास्थलमै ज्यान गएको थियो ।

हिजो दिउँसो सदरमुकाम मन्थलीबाट मन्थली नगरपालिका–४ सालुतर्फ गुडिरहेको बा १८ च १८३९ नम्बरको जीप भदौरेमा दुर्घटना भएको थियो । दुर्घटनामा घाइते भएका ६ जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया