विराटनगर ÷ विराटनगरस्थित आदर्श माविले आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा आदर्श माविकी छात्रा रञ्जना कोइराला प्रथम भएकी छन् ।
विराटनगर महानगरपालिकाको समन्वयमा भएको महानगरस्तरीय अन्तरविद्यालय (कक्षा ९–१०) प्रतियोगितामा रञ्जनाले प्रथम पुरस्कार प्राप्त गर्न सफल भएकी हुन् । ‘सूचना प्रविधिको सदुपयोग’ शीर्षकमा उत्कृष्ट विचार राखेर पोखरिया माविकी छात्रा सिम्रन मैनाली द्वितीय हुँदा सत्यनारायण माविकी उमाकुमारी न्यौपाने तृतीय भइन् । त्यस्तै श्री राधाकृष्ण माविकी महिमा सार्कीले सान्त्वना पुरस्कार प्राप्त गरिन् । नेपाल प्रेस युनियन कोशी प्रदेशका अध्यक्षसमेत रहेका कवि एवं पत्रकार मीनकुमार नवोदित र मकालु टेलिभिजनका प्रधानसम्पादक अभयकुमार राई सम्मिलित निर्णायक समितिले पुरस्कृतहरुको नाम घोषणा गरेको थियो । प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने विद्यार्थीलाई क्रमशः ८, ६, ४ र २ हजार नगदसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो । विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुङ्गेलको प्रमुख आतिथ्यतामा भएको प्रतियोगितामा विराटनगर महानगर क्षेत्रका १० वटा सामुदायिक विद्यालयका २० जना विद्यार्थीले सहभागिता जनाएका थिए । पुरस्कृत विद्यार्थीलाई प्रमुख अतिथि ढुङ्गेलसहित विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद गौतम, विद्यालयका प्रधानाध्यापक खेमराज भट्टराई, निर्णायकद्वय मीनकुमार नवोदित र अभयकुमार राई नगदसहित शिल्ड र प्रमाणपत्र प्रदान गरेका थिए । महानगरको समन्वयमा पोखरिया माविले विगत ३ वर्षदेखि वक्तृत्वकला प्रतियोगिता आयोजना गर्दै आएको छ ।
त्यस्तै महानगरस्तरीय अन्तर आधारभूत तह (कक्षा १–५) चित्रकला प्रतियोगितामा पोखरिया माविकी स्वेता मेहेता प्रथम भएकी छन् । त्यसतै शहीद आधारभूत विद्यालय विराटनगर–३ की देव्यानी रिजाल द्वितीय, बालमन्दिर आधारभूत विद्यालयका आशिष कटवाल तृतीय हुँदा आदर्श माविकी इशिका साहले सान्त्वना स्थान प्राप्त गरिन् । प्रतियोगिताको निर्णायकमा ललितकला संगम विराटनगरका अध्यक्ष जेपी चौधरी रहेका थिए । ‘कृषिप्रधान देश नेपालको झझल्को दिने चित्र’ राखिएको थियो । महानगरको शैक्षिक प्रशासन महाशाखाका अधिकृत कृष्ण भट्टराईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा ३१ वटा विद्यालयले सहभागिता जनाएका थिए । प्रमुख अतिथि भट्टराईसहित विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद गौतम, विद्यालयका प्रधानाध्यापक खेमराज भट्टराईलगायतले विजेताहरुलाई नगद क्रमशः ६, ४, ३ र २ हजार नगदसहित ट्रफी र प्रमाणपत्र प्रदान गरेका थिए ।
त्यस्तै पोखरिया माविले शुक्रबार नै विज्ञान प्रदर्शनीसमेत आयोजना गरेको विद्यालयका प्रअ भट्टराईले जानकारी दिए । कक्षा ६–१२ समूहमा आयोजित प्रदर्शनीमा एआई एसिस्टेन्ट तितो प्रस्तुत गरेर सोमस घिमिरेको समूह प्रथम भएको छ भने डिजास्टर मेनेजमेन्टस प्रस्तुत गरेर सायुन्सा पोखरेलको समूह द्वितीय भयो । त्यस्त इनर्जी सस्टेनेबल सिटी प्रस्तुत गरेर मिसन राजवंशीको समूह तृतीय हुँदा कुलर प्रस्तुत गरेर राजेश भट्टराईको समूहले सान्त्वना पुरस्कार पायो । प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने टिमलाई क्रमशः १०, ७ हजार ५ सय, ५ हजार २ हजार ५ सय रुपैयाँ नगदसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो । प्रदर्शनीमा निर्णायकको भूमिकामा पूर्वाञ्चल इन्जिनियरिङ कलेज धरानका उपप्रध्यापक मनोजकुमार गुरागाईं र मदन भण्डारी प्रतिष्ठान उर्लाबारीका इन्जिनियर सुमन दाहाल रहेका थिए ।
पोखरिया माविमा एकै दिन तीनवटा कार्यक्रम
