काठमाण्डौ । आफु सिक्षण पेसामा कार्यरत रहेर त्यहाँ बाट आयआर्जन भएको थोरै रकम पनि नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा लगानी गरिरहेका कलाकार उमेश ठगुन्नाले भर्खरै मात्र आफ्नो पछिल्लो प्रस्तुति “दिल बस्यो” लाई सार्वजनिक गरेका छन् । उनीमा लागेको सांगीतिक नशा त्याग्न नसक्नुको पछिल्लो उपलब्धि यो गीत हो ।
गीतमा उमेश ठगुन्ना र जे.बि ओलीको लय रहेको छ भने शब्द बिनोद ढकालको रहेको छ । गीतमा उमेश ठगुन्नाको साथमा सिमा नेपालीको सुमाधुर स्वर सुन्न सकिन्छ । जे.बि ओली युरोप रोधी घर नामको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको यस गीतको म्युजिक भिडियो अभिनयमा ठगुन्ना संगै जुनु रिमाल देखिएका छन् ।
हेमराज डांगीको संगीत संयोजनबाट सजिएको यस गीतको म्युजिक भिडियोलाई दिनेश सिंह ठकुरीले निर्देशन गरेका हुन् भने छायांकन सरोज शाही र सम्पादन राजेश कुमारले गरेका छन् । ठगुन्नाले यस भन्दा पहिले पनि दर्जनौं गीतहरु बजारमा ल्याएर अशंख्य श्रोता तथा दर्शकहरुको मन जितिसकेका छन् ।
भिडियो हेर्न तल क्लिक गर्नु होला ।










