काठमाण्डौ । आफ्नो स्थायी घर सिन्धुपाल्चोक भएर हाल काठमाण्डौमा रहँदै नेपाली गीत संगीतको क्षेत्रमा क्रियासिल गोबिन्द घोरासैनिले नबराज भारतीको साथमा “तिमि मेरो मायाँ हो मुटु हो” बोलको लोक दोहोरी गीतलाई हालै सार्जनिक गरेका छन् । घोरासैनिले यस भन्दा पहिले पनि थुप्रै गीतहरु सार्वजनिक गरेर अशंख्य श्रोता तथा दर्शकहरुको मन जितिसकेका छन् । बिशेष गारेर कुनै मेला पर्वमा प्रयोग गरिएन चड्के स्वादका गीतहरु उनको प्रस्तुतिमा बजारमा आउने गर्दछन् ।

आर.के मिलनको संगीत संयोजनद्वारा सजिएको “तिमि मेरो मायाँ हो मुटु हो” बोलको गीतलाई लय गोबिन्द घोरासैनिले नै भरेका हुन् भने शब्द अशोक कुमार सापकोटाको रहेको छ । गीतमा गोबिन्द घोरासैनी, प्रतिमा अर्याल र नबराज भारतीको सुमधुर स्वर सुन्न सकिन्छ ।

प्रस्तुत गीतको म्युजिक भिडियोमा सन्जिब भट्टराई, सिवानी कार्की, कर्मा शेर्पा र प्रनिता गहतराजको आकर्षक अभिनय देख्न सकिन्छ । मिलन श्रेष्ठको निर्देशन र राजाराम सिम्खडाको कोरिग्राफीमा तयार भएको यस गीतको म्युजिक भिडियोलाई डेनिश खनालले छायांकन गारेका हुन् भने रोशन धितालले सम्पादन गारेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया