आयुसमान चापागाईंको मधुर स्वरमा रहेको नयाँ गीत ‘अंगालेर तिमिलाई’ सोमबार युट्युबमार्फत सार्वजनिक भएको छ भने यो गीत सार्वजनिक भएको केही समयमै दर्शक र श्रोताबाट सकारात्मक प्रतिक्रिया आउन सुरु भएको छ।

सार्वजनिक भइसकेपछि थोरै अवधिमै उल्लेख्य दर्शक संख्या बटुलेको यो गीतको शब्द तथा धुनले धेरैलाई मन छोएको छ। त्यस्तै भावनात्मक प्रेमभावसहित सजिलो धुनमा तयार पारिएको यो गीतले चापागाईंको मधुरो र मिठो स्वरको प्रभाव अझ उजागर गरेको छ।

गीतको भिडियो सरल तर प्रभावशाली शैलीमा प्रस्तुत गरिएको छ, जसले गीतका भावहरुलाई राम्रोसँग अभिव्यक्त गर्दछ। दर्शकहरूले युट्युब कमेन्टमार्फत गीतको प्रशंसा गरिरहेका छन् भने छोटो समयमै राम्रो चर्चा कमाउँदै अघि बढिरहेको छ ।

तपाईको प्रतिक्रिया