काठमाडौं / नवीन लोक–आधुनिक गीत ‘कहाँ छौ कहाँ’ सार्वजनिक भएको छ। गायक निरज कुमार पोखरेल र लक्ष्मी परियारको स्वर रहेको उक्त गीतमा शब्द तथा संगीत अर्जुन गुरुङले सिर्जना गरेका हुन्। गीतको संगीत संयोजन तिलक ओलीले गरेका छन् भने रेकर्डिङ स्टुडियो मलिकामा गरिएको हो।

गीतको भिडियोमा मुकेश गुरुङ, प्रिया गौतम र नव थापाको अभिनय देख्न सकिन्छ। क्यामेरा निर्देशन मुकेश हुमागाईंको टोलीले सम्हालेको छ भने मेकअप आर्टिस्ट कविता श्रेष्ठ रहेकी छन्। भिडियो सम्पादन नबिन बोहराले गरेका हुन्।

भिडियोको कथा तथा निर्देशन बबिता श्रेष्ठ (मालेकु)ले गरेकी हुन् भने निर्माण अर्जुन गुरुङले गरेका छन्। लोक स्वाद र आधुनिक शैलीको संयोजनमा तयार पारिएको ‘कहाँ छौ कहाँ’ ले सार्वजनिक भएसँगै दर्शक तथा श्रोताबाट सकारात्मक प्रतिक्रिया बटुलिरहेको छ।

तपाईको प्रतिक्रिया