काठमाण्डौ । नेपाली माटोको शान लोकप्रिय वरिष्ठ गायक तथा सर्जक घामेश दुलालको प्रस्तुतिमा पछिल्लो गीत “मत पलाँस” आज्ञा मात्रै सार्वाजनिक भएको छ । गीतलाई लय तथा संगीत संयोजन सुफिक्स मदनले भरेका हुन् भने शब्द सिता दुलाल ढकालको रहेको छ ।
आफूले मायाँ गरेको मान्छेको यादले सताईरहँदा दुनियाँको आंखा छल्दै भेटौं भन्ने प्रेमभाव तयार भएको गीतमा घमेश दुलाल र रिता कुलुको सुमधुर स्वर सुन्न सकिन्छ । गीतलाई घमेश दुलाल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।
“म त पलाँस” बोलको गीतको म्युजिक भिडियोमा पुकार थापा, बिना राउत, दिपेन्द्र सोनाम, लेखनाथ आचार्य, सुन्दर आर डी, दिपक तामाङ्ग, नेत्रा खड्का, रामकृष्ण खाती लगायत कलाकारहरुको आकर्षक अभिनय देख्न सकिन्छ । भिडियोलाई निरेन श्रेष्ठले निर्देशन गरेका हुन् भने सुनिल भण्डारीको छायांकन र रोशन धितालले सम्पादन गरेका छन् ।
भिडियो हेर्न तल क्लिक गर्नु होला ।










