सञ्चारकर्मी सविता पोखरेल गीतकारको रुपमा देखा परेकी छिन् । उनको पहिलो गीत ‘आफ्नै भयो पराईको घर पनि, पराई भयो माइतीको आँगनी मै चेलीलाई….’ बोलको गीत हिजो रेकर्ड भएको छ ।
सुमधुर स्वरकी धनि गायिका काब्य आचार्यको स्वरमा रेकर्ड भएको गीतमा लय पनि गायिका काब्यकै रहेको छ । त्यस्तै लोकप्रिय संगीतका बिपिन आचार्यले गीतको संगीत संयोजन गरेका बछन् । मौलिक भावको गीतको भिडियो चाँडै आउने नै बजारमा आउने जानकारी गीतकार पोखरेले दिइन् । शनिबार राजधानीको सामाखुशी स्थित एम.बि.रेकर्डिङ स्टुडियोमा पोखरेलको पहिलो गीत रेकर्ड भएको हो । चेलीले महिनौं अघिदेखि अन्य महिला साथी संगीसँग तिज सेलिब्रेसन गरेता पनि माइतीको यादले नै सताउने आशय बोकेको छ ।
विद्यालय स्तरदेखि नै कविता लेख्दै आएको बताउँदै सञ्चारकर्मी पोखरेलले हाँस्दै भनिन् डायरीमा मद्वारा लिखित थुप्रै गीत र कविता छन्, चाहिन्छ भने सम्पर्क गर्नुहोला । तर रेकर्ड भने भएको थिएन यो पहिलो अनुभव गर्दैछु । मैले मेरो सृजनात्मक क्षमतालाई सार्वजनिक गरेको छु आशा छ सबैले स्विकारीदिनुहुनेछ ।
मौलिक गीतको खडेरी परिरहेको एउटा नयाँ मौलिक र मार्मिक तिज गीत बनेको गायिका काब्यले बताइन् भने गीतको सम्पूर्ण पक्ष राम्रो बनेको र गीत यो वर्षको उत्कृष्ट गीत बन्नेमा आशावादी रहेको संगीत संयोजक बिपिन आचार्यले बताए ।
आफ्नो पहिलो गीति लेखन यात्रालाई दर्शकले रुचाएमा अवश्य यो यात्रा जारी राख्ने पनि उनले बताइन् । गीतकार पोखरेल राष्ट्रिय स्तरको पाक्षिक पत्रिका ‘म्यूजिक खबर’ र अनलाइन पत्रिका म्यूजिक खबर डट कमकी सम्पादक हुन् ।

तपाईको प्रतिक्रिया