राजु बोहरा–काठमाडौँ । नेपाली सुगम संगीतको क्षेत्रमा बिगत निकै लामो समय यता क्रियासिल गायिका बुनु उप्रेती शर्माको एक रोमान्चक गीत “नक्कली नक्कली” भर्खरै सार्बजनिक भएको छ । उनले यस अगी पनि थुप्रै गीत मार्फत आफ्नो कर्णप्रिय स्वर सजाएर आफ्ना श्रोता एवं दर्शकहरु माझ बिभिन्न गीतहरु सार्बजनिक गरीसकेकी छिन् ।

पछिल्लो समयमा नेपालि गीत संगीतको क्षेत्र ब्यवासाहिक रुपमा धरासाही बन्दै गएको छ । यस्तो अवस्थमा पनि बुनु जस्ता धेरै कलाकार हरुले आफ्ना सिर्जनाहरु यसरी बजारमा पस्किरहंदा हामी सम्पूर्ण संगीत पारखीहरुले जुन ढंग बाट बजारमा उपलब्ध गराइएको छ, सोहि अनुरुप सुनेर हेरेर साथ् दिनु पर्ने आवस्यकता रहेको छ । किन कि हामी सबैले हेरेर सुनेर साथ् दिएनौं भने कलाकारहरुलाई यस्ता फरक-फरक सांगीतिक कोसेलीहरु प्रस्तुत गर्न उर्जा कम हुने प्रष्ट छ ।

पृथक स्वरकि धनि गायिका बुनु भन्छिन्, यस पटक मैले सबिन लिम्बु संगको सहयाकर्यमा बजारमा ल्याएको यस गीतलाई सबैले सुनेर साथ दिनु भएमा अडियोको रुपमा सार्बजनिक गरिएको यस गीतलाई म्युजिक भिडियोको रुपमा छिट्टै सार्बजनिक गर्ने छु । “नक्कली नक्कली” बोलको गीतलाई अहिलेको लागि अडियो मात्र सार्बजनिक गरिएको छ ।

यस गीतमा बुनु उप्रेती शर्मा र सबिन लिम्बुको सुमधुर स्वर सुन्न सकिछ । निकै रोमान्चक स्वादमा तयार भएको यस गीतमा शब्द कमला राईको रहेको छ भने संगीत बुनु उप्रेती शर्मा स्वयम् को रहेको छ । हामी यस गित संग सम्बन्धित कलाकारहरुलाई पूर्ण सफलताको शुभकामना ब्यक्त गर्दछौं ।

गीत सुन्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया