राजु बोहरा–काठमाडौँ । नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा एक पछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीतहरु बजारमा आइरहंदा पछिल्लो पटक भोजराज काफ्लेको अर्को फरक सांगीतिक कोसेली “घर त लेले हो” बोलको गीत पनि भर्खरै सार्बजनिक भएको छ । बिगत लामो समय यता लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा क्रियासिल रहेका भोजराज, आफ्नो जन्म थलो सिन्धुलीको सान बन्दै अहिले सम्म सयौं गीतहरुमा आफ्नो स्वर भरिसकेका छन् ।

आफ्नै कला संस्कृति र मौलिकलाई ध्यानमा राख्दै तयार भएको यस गीतमा गायक भोजराज काफ्लेको साथमा आकृति श्रेष्ठको सुमधुर स्वर मिश्रण भएको छ । बिशेष गरी आफुले माया गरेको मान्छेलाई कसैको कुदृष्टि लागेको पछिको वियोगान्त प्रेम भावमा तयार भएको यस गीतलाई लय तथा शब्द सिर्जना पनि गायक भोजराज काफ्लेले नै तयार पारेका हुन् ।

निकै घत लाग्दो ढंगबाट तयार पारिएको यस गीतको म्युजिक भिडियोमा जिबन दाहाल, मेनुका संजेल, मेलिना ठकुरी, अजित अधिकारी, बद्रि दुलाल, बिबेक दुलाल, राजन चौलागाईं र बिबेक चौलागाईको अभिनय रहेको छ । भिडियोलाई निर्देशन पनि गायक भोजराज काफ्लेले नै गरेका हुन् भने छायांकन रेशम दर्लामी र सम्पादन प्रदिप दाहालले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया