राजु बोहरा–काठमाडौँ । आफ्नै घर परिवारबाट टाढा रहेर दैनिकी आगाडी बढाउनु मेरो रहर कहाँ हो र ! बाध्यता र बिबस्ताको भुमरीमा आज म सात समुन्द्र पारी छु । आमा !! यो साल पनि दशैँ मान्न घर आउन नपाउने भएँ, मेरो अभावमा दशैँ खल्लो नबनाउनु है !! हो यस्तै किसिमको पिंडादायिक भावमा एक दशैं गीत भर्खरै सार्बजनिक भएको छ । निरुता तिमल्सिनाको प्रस्तुतिमा रहेको उक्त गीत “नझारे आँशु गालैमा” बोलको रहेको छ । राजु श्री  र शान्ति श्री परियारको कर्णप्रिय स्वर लहरी द्वारा सुसजित यस गीतलाई राजु श्री ले नै लय तथा शब्द सिर्जना गरेका छन् ।

धेरै नेपालीहरुको यथार्थपरक भाव समाबेस गरिएको यस गीतको म्युजिक भिडियोमा रमा थपलिया,सुरेश एस.पी, खेम नेपाली घर्ति, निरुता तिमल्सिना, मणिकुमार राइ लगाएतका कलाकारहरुको अभिनय देख्न सकिन्छ । भिडियोलाई निर्देशन एकेन्द्र सारा शंकरले गरेका हुन् भने छायांकन करन चैंसिर र सम्पादन अमर शाक्यले गरेका छन् । हामी हाम्रो तर्फबाट यस गीत संग सम्बन्धित सम्पूर्ण कलाकारहरुमा सफलताको शुभकामना ब्यक्त गर्दछौं ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया