राजु बोहरा–काठमाडौँ । वर्ष दिनको चाड दशैँ तिहार नजिक आइरहंदा निकै लामो समय देखि परदेशमा रहेको आफ्नो छोरो घर नफर्किने भए पछी जसको आमा बुबाको पनि मन थाम्न गाह्रो हुने गर्दछ । यसै परिस्थितिलाई केन्द्रित गर्दै अहिले शिब दर्शन डिजिटल फिल्म्स प्रा.लि ले एक निकै मर्मस्पर्सी गीतलाई बजारमा ल्याएको छ । सागर बि.सी को प्रस्तुतिमा “परदेशी छोरो” नामको साथमा बजारमा आएको यस गीतमा शान्ति श्री परियार र सगार बि.सी को सुमधुर स्वर रहेको छ ।

यस गीतलाई लय तथा शब्द सिर्जना चेतन गोतामेले गरेका छन् । “परदेशी छोरो” बोलको गीतको म्युजिक भिडियोमा बिशाल बाबा, सिता गुरुङ अनीता लामा र सरिता बि.सी को मुटु छुने अभिनय रहेको छ भिडियोलाई निर्देशन इश्वर थपलियाले गरेका हुन् भने छायांकन नरेश चैंसिर र सम्पादन नबिन घर्ति मगरले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया