रोशन पोखरेल , काठमान्डौँ , असार १९
नेपाली मौलिक सिर्जनशिल भावका वियोगान्त भोगाईलाई समेटिएर दशैँ गीत बजारमा आउने क्रम बढ्दो मात्रामा रहेको छ । प्रियसी म्युजिक प्रालीको प्रस्तुतीमा प्रकाश धर्ति मगरको लोक कोशेली ”फेरी आयो गाउँमा ” गीतमा गायिका लक्ष्मी परियार को आवाजमा रहेको गीतको भिडियो बजारमा आएको छ ।

धन कमाउने अभिलासा लिएर परदेशी गएको परदेशी घरमा नआउन नपाउदा परिवारमा हुने खल्लोपनलाई गीतमा समेटिएको छ । प्रकाश धर्ति मगरको शब्द तथा मौलिक लय सिर्जना गीतमा रहेको छ । मुकेश हुमाँगाईँको छायाँकन , अविनास डिसीको सम्पादन , बविता श्रेष्ठको निर्देशन भिडियो तयार पारिएको छ । गीतमा आशा खड्का र अमृत बुढा मगरको निकै लोभलाग्दो अभिनय रहेको छ ।
हेर्नुहोस भिडियो

तपाईको प्रतिक्रिया