काठमान्डौँ , असार २१
नेपाली मौलिक सिर्जनशिल भावका वियोगान्त भोगाईलाई समेटिएर दशैँ गीत बजारमा आउने क्रममा परदेशीको आँखाबाट आँशु खसाउने खालको वियोगान्त दशैँ गीत ”मेरो प्यारी ” गीतको भिडियो बजारमा आएको छ । गीतमा रमेश मगर र गायिका रमिता मगरको आवाज रहेको छ ।

धन कमाउने अभिलासा लिएर परदेशी गएको परदेशी घरमा नआउन नपाउदा परिवारमा हुने खल्लोपनलाई गीतमा समेटिएको छ । विदेशी भुमीमा सर्धष गरिरहेको आफनो श्रीमानलाई दशैँमा आउनका लागी गायक ले आफनी प्रेमीकालाई भनेका छन ।
रमेश मगरको शब्द तथा मौलिक लय सिर्जना रहेको छ । जिवन पराजुलीको छायाँकन , प्रकाश एस केको सम्पादन , चर्चित भिडियो निर्देशक समिर थोकरको निर्देशन भिडियोमा रहेको छ । गीतमा रेल कुमार र रमिता मगरको निकै लोभलाग्दो अभिनय रहेको छ ।

हेर्नुहोस भिडियो

तपाईको प्रतिक्रिया