राजु बोहरा–काठमाडौँ । नेपालीहरुको महान चाड बिजय दशमीको आगमन भैसकेको छ । यो समयमा दशैँका गीतहरु नेपाली संगीतको बजारमा धेरै आईरहेको बेला, यस पर्वमा दशैँको गीतहरुबाट मात्र होइन अन्य सदाबहार गीतहरु बाट पनि नचाउन र झुमाउन मोबि घलेको लोक दोहोरी गीत  “मेरो बानि चन्चले हुनाले” भर्खरै सार्बजनिक भएको छ । बिशेषगरी योवनका प्रसङ्ग जोडिएको यो गीत आउँदो बिबाहको महिना मङ्सिरमा पनि धेरैको उच्च रोजाई बन्नेमा ढुक्क रहन सकिन्छ । किन कि फक्रिएको जवानीले छोए पछी एक युवतीको बानि चन्चले हुँदा बिहे गर्न दबाब आएको प्रसङ्ग पनि यस गीतमा रहेको छ ।

मोबि घले र छेवांग तेन्जिंग लामाको सुमधुर स्वर द्वारा सुसजित यस गीतलाई लय तथा शब्द सिर्जना पनि उनै प्रतिभावान कलाकार मोबि घलेले भरेकी छिन् । प्रस्तुत गीतको म्युजिक भिडियो पनि आफ्नै कला संस्कृति र मौलिकता भित्र रहेर तयार पारिएको छ । भिडियोमा ज्योति चेपांग र कृष्ण सापकोटाको आकर्षक अभिनय देख्न सकिन्छ । ” मेरो बानि चन्चले हुनाले” बोलको गीतको म्युजिक भिडियोलाई निर्देशन डिका गुरुङले गरेका हुन् भने छायांकन मरुभूमि नारायण र सम्पादन दिपेन्द्र भट्टले गरेका छन् । हामी यस गीत संग सम्बन्धित सम्पूर्ण कलाकारहरुलाई सफलताको शुभकामना ब्यक्त गर्दछौं ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया