काठमाडौ । हरितारा चलचित्र पुरस्कारका संरक्षक श्री मनोज शम्सेर जवराको अध्यक्षतामा बसेको वैठकले यस वर्षको हरितारा चलचित्र पुरस्कार अभिनेता तथा निर्देशक श्री लय संग्रौला र अभिनेत्री तथा निर्माता÷निर्देशक श्री रेखा थापालाई प्रदान गर्ने निर्णय गरिएको छ ।
३ दशकभन्दा बढी समय देखि नेपाली रंगमञ्च, टेलिभिजन तथा चलचित्रकालागि संरक्षण÷सम्वद्र्धन र सन्देश मूलक टेलि चलचित्र मार्फत नेपाली जनमानसमा अनवरत सेवा पु¥याए वापत श्री लय संग्रौला र लगभग दुई दशकदेखि नेपाली चलचित्रमा आफ्नो अभिनय कला तथा पछिल्लो समय चलचित्रनिर्माण र निर्देशनमार्फत नेपाली जनमानस र चलचित्र क्षेत्रको संरक्षण सम्बद्र्धनमा योगदान पु¥याए वापत श्री रेखा  थापालाई हरितारा चलचित्र पुरस्कार २०७५ अर्पण गर्ने निर्णय गरिएको छ । 

हरितारा चलचित्र पुरस्कारको राशीजनही २५ हजार रहेको छ । त्यसैगरि परिवर्तन नेपालको कार्यसमितिको वैठकले ३ दशक देखि नेपाली रंगमञ्च तथा चलचित्र क्षेत्रमा अनवरत योगदान पु¥याए वापत अभिनेता श्री उत्तम केसीलाई र नेपाली रंग पत्रकारिता मार्फत ३ दशकभन्दा बढी समय देखि चलचित्र क्षेत्रको संरक्षण सम्बद्र्धनमा योगदान पु¥याए बापत श्री विजय रत्नतुलाधरलाई श्रीमती दुर्गादेवी पुण्य निरौला स्मृति पुरस्कार अर्पण गर्ने निर्णय गरेको छ । यो पुरस्कारको राशी जनही १० हजारको रहेको छ । यस्तै अभिनेता निर्देशक श्री रामकाजि घिमिरे, नृत्य निर्देशक शिव विक र अभिनेत्री तथा लेखिका श्री शोभिता सिम्खडालाई परिवर्तन सम्मान २०७५बाट सम्मान गरिने समेत निर्णय गरिएको छ । पुरस्कार तथा सम्मान तिहार पछि गरिने आयोजना समारोहमा अर्पण गरिने कुरा परिवर्तन नेपालका अध्यक्ष मोहननिरौलाद्धारा प्रेसीत बिज्ञप्तीमा उल्लेख गरीएको छ ।

गत बर्ष अभिनेत्री करिश्मा मानन्धर, डिजाइनर सुन्दर श्रेष्ठ, चलचित्र पत्रकार शान्तिप्रियलाई हरितारा पुरस्कार, कलाकार शुभाष गजुरेललाई दुर्गादेवी पुण्य निरौला स्मृति पुरस्कार प्रदान गरिएको थियो । नेपालको चलचित्र सम्बन्धि सबैभन्दा पुरानो पुरस्कारका रुपमा हरितारा चलचित्र पुरस्कारलाई मानिन्छ ।

तपाईको प्रतिक्रिया