हिन्दूधर्मअनुसार व्रतको छुट्टै अर्थ छ । हिन्दू महिला पतिको लामो आयुका लागि व्रत बस्ने गर्छन् । केही बलिउड अभिनेत्रीहरू श्रीमान्को लामो आयुका लागि पहिलोपटक करवा चौथको व्रत बसे ।

अनुष्का शर्मा – अनुष्का शर्मा गत वर्ष क्रिकेटर विराट कोहलीसँग विवाह बन्धनमा बाँधिइन् । यो जोडीले गुपचुप रूपमा इटालीमा विवाह गरेको थियो । पछि आफ्ना फ्यानलाई ट्विट गरेर जानकारी गराएका थिए । पछि उनीहरूले मुम्बई र दिल्लीमा आफ्नो विवाहको भव्य पार्टी दिए । यस वर्ष अनुस्का पहिलोपटक पति विराट कोहलीका लागि करवा चौथको व्रत बसिन् ।सोनम कपुर – सोनम कपुर र आनन्द आहुजाले यसै वर्ष ८ मेमा विवाह गरेका थिए । यी दुईजनाको विवाहमा पूरा बलिउड रमाएको थियो । बलिउडकी फेसन आइकन मानिने सोनम पनि आफ्ना पति आनन्द आहुजाका लागि पहिलोपटक लामो आयुको कामना गर्दै करवा चौथ व्रत बसिन् ।नयाँ पत्रिका खबर छ ।

नेहा धुपिया – नेहा धुपिया र अंगद बेदी पनि यसै वर्ष वैवाहिक बन्धनमा बाँधिएका हुन् । नेहा धुपिया आमा बन्ने तरखरमा पनि छिन् । बच्चाका लागि भनेर व्रत नबसे पनि श्रीमान्को लामो उमेरका लागि भनेर नेहाले पूजा भने गरेको भारतीय मिडियाले लेखेका छन् ।श्रेया सरन – चर्चित बलिउड अभिनेत्री श्रेया सरनले पनि यही वर्ष १२ मार्चमा आफ्ना रुसी प्रेमी आन्द्रेईसँग विवाह गरिन् । श्रेयाको पनि यो वर्षको व्रत पहिलो हो । उनले श्रीमान्को लामो आयुका लागि करवा चौथको ब्रत बसेकी छिन् ।

तपाईको प्रतिक्रिया