राजु बोहरा–काठमाडौँ । हरेक नेपालीहरु विदेशमा त रुखमा पैसा फल्छ भन्ने किसिमको मनसायले परदेशिने गर्दछन् । तर त्यहाँ पुगे पछी भोग्नु परेका अनेकौं पिंडाले पनि उनीहरुको दैनिकी कष्टकर बनिरहेको हुन्छ । हो यस्तै पेरिफेरीमा एक गीत भर्खरै बजारमा आएको छ । स्वर्ग सम्झी मुग्लान पसियो, पिंजडामा चरी झैं फसियो, यस्तै रैछ अर्काको देश, बाहिर हेर्दा राम्रै छ भित्र अर्कै भेष माथि उल्लेखित भाव बाट सजिएको यस गीतलाई प्रतिभा म्युजिक प्रा.लि ले “पिंजडा” नाममा सार्बजनिक गरेको हो ।

गीत पिंडादायिक भए पनि म्युजिक भिडियोलाई भने रोमान्चक ढंगले तयार पारिएको छ । भिडियोमा समिर खान र अन्जु अधिकारी अभिनय देख्न सकिन्छ । पूर्णचन्द्र गुरुङ युनिल द्वारा रचित यस गीतलाई संगीत राजकुमार बगरले संगीत भरेका छन्  ।“पिंजडा” बोलको गीतको म्युजिक भिडियोलाई निर्देशन निशान एस.के ले गरेका हुन् भने छायांकन सन्तोष लामा र सम्पादन प्रकाश एस.के ले गरेका छन् । गीतमा सन्तोष लामाको स्वर रहेको छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया