काठमाडौं – तिहारको देउसीभैलो अहिले सर्वसाधारण देखि नेताहरुलाई पनि लागेको छ । यसै अवसरमा बरिष्ठ पत्रकार ऋषि धमलाले देशका बिभिन्न शिर्ष नेताहरुको घरमा पुगेर देउसी भैलो खेलेका छन ।

देउसीभैलो खेल्ने क्रममा हिजो देखि आज सम्म देशका शिर्ष नेता मात्रै नभएर बिभिन्न मन्त्रीहरुको घरमा समेत पुगेर देउसी भैलो खेली मनाएका छन् । देउसीभैलो खेल्ने क्रममा नेताहरुका घरमा पुगेर देश समृद्ध तर्फ जानुपर्ने माग राखी उक्त अभियानलाई सफल पार्नु पर्छ भन्ने माग पनि राखेका छन् ।

देउसी खेल्दै अहिले पत्रकार ऋषि धमला गृहमन्त्री रामबहादुर थापाको घरमा पनि पुगेका छन् । देउसीभैलो खेलेपछि पत्रकार धमलाले गृहमन्त्री बादललाई निर्मला पन्तको हत्यारालाई तुरुन्त पक्राउ गरि जनतासामु सार्वजनिक गर्न माग राखेका छन् ।

थापाको घरमा पुगेर खेलेको देउसीभैलोको रमाइलो भिडियो हेर्न यहाँ तलको भिडियोमा हेर्नुहोला

तपाईको प्रतिक्रिया