अहिले अभिनेत्री सोनाली बेन्द्रेले अमेरिकाको न्यूयोर्कमा क्यान्सरको उपचार गराईरहेकी छन् । संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा क्यान्सरको उपचार गराईरहेकी सोनालीले विवाहको १६ औँ वर्षगाठमा आफ्नै श्रीमान् गोल्डी बेललाई आफ्नो खम्बा भनेकी छन्। अभिनेत्री सोनाली बेन्द्रेले विवाहको १६ औँ वर्षगाठमा भनेकी छन् ‘श्रीमान्, सँगी, असाध्यै राम्रो साथी र मेरो शक्ति’ ।अभिनेत्री सोनाली बेन्द्रेले जीवन यात्राको क्रममा श्रीमानसँग बिताएका केही तस्बिरहरु र उपचारको क्रममा न्यूयोर्कमा लिइएको तस्बिरहरु सार्वजनिक गरेकी छन्।

श्रीमानको लागि सन्देश सहितको पोष्टमा लेखिएको छ, ‘लेख्न सुरु गर्दैगर्दा मैले थाहा पाइहाले की मेरा भावना र विचारहरु जो मेरा मानसपटलमा छन्, तीनीहरुलाई शब्दमा उतार्न असमर्थ हुनेछु। श्रीमान्, सँगी, प्रिय साथी अनि मेरो शक्ति। मेरो लागि तिमी हौ। विवाह साथ हो, राम्रो नराम्रो समयमा, विरामी र स्वस्थ्य भएको समयमासँगै हुनु हो। अनि भगवानलाई थाहा छ, हामी यो वर्ष कसरी बिताइरहेका छौँ।कतिपय मानिसले यो बुझेका छैनन् की क्यान्सर व्यक्तिगत संघर्ष होइन, यो पारिवारिक रुपमा गरिने उपचार हो। म यो यात्रामा हिड्न सक्ने भएकी छुँ, यो थाहा पाएर की तिमी मेरो भागको जिम्मेवारी पनि बोकि रहेका छौँ, त्यो भन्दा पनि धेरैँ जिम्मेवारी बोकेर घर फर्केका छौ।

तपाईको प्रतिक्रिया