चर्चित गायन रियालिटी शो” द भ्वाइस अफ नेपाल” बाट बाहिरिएरको ४८ घन्टामै तेजिन्द्र गन्धर्व अाफ्नै जीवनकथा बोकेको गीत”साँईलीरीमई” लिएर आएका छ। द भ्वाईस अफ नेपालमा निर्मला हत्याकाण्ड बारे गीत गाएर चर्चित भएका तेजिन्द्रको ‘साँईलीरीमई”गीतमा उनि आफैले अभिनय गरेका छन भने गीतको शब्द डि. पी खनालको छ भने संगीत शंकर थापा ‘स्माइल’को रहेको छ भने उदयराज पौडेलको एरेन्जमेन्ट रहेको छ ललितपुरको रमणीय छेत्र डुकुछापमा खिचिएको भिडियोमा अनिल के मानन्धरको छायांकन बिकास ज्ञवालीको सम्पादन र बिकाश सुवेदीको निर्देशन रहेको छ। ”साँईलीरीमई” गीत र भिडियोलाई डश म्युजिक नेपालप्रालीले प्रस्तुत गरेको हो। भोजपुर घर भएका तेजिन्द्र गन्धर्व गत शनिबार र द भ्वाईस अफ नेपालबाट आउट भएका थिए।

भिडियो हेर्न तलको लिंक थिच्नु होला


 

तपाईको प्रतिक्रिया