काठमाडौं,
मिस एण्ड मिसेस ब्युटिफुल नेपालको चौथो र तेस्रो संस्करण हुने भएको छ । दक्ष इन्टरनेशनल प्रा.लि.को आयोजनामा मिस एण्ड मिसेस ब्युटिफुल नेपालको चौथो र तेस्रो संस्करण हुने भएको हो ।
अविवाहित र विवाहित महिलाबीचको यो सौन्दर्य प्रतियोगिताको पहिलो अडिनस यही मंसिर १५ गते हुँदैछ भने फाइन माघ १२मा राजधानीमा एक विशेष कार्यक्रमबीच गरिने आयोजक सँस्थाका अध्यक्ष टेकराज पाण्डेले बताए । अडिसन एलिना बेकरिज न्यु बानेश्वरमा हुँदैछ । प्रतियोगितामा प्रथम हुनेलाई एकलाखको पुरस्कार सहित विभिन्न गिफ्ट ह्यापर पनि रहेको उनले जनाए ।
नयाँ प्रतिभालाई मोडलिङ क्षेत्रमा भित्राएर उनीहरुलाई व्यवसायिक मोडल बनाउन मिसब्युटिफूल नेपाल र मिसेस ब्युटिफूल नेपाल आफुहरुले आयोजना गर्दै आएको कार्यक्रम निर्देशक दीपा थपलियाले बताइन ।

तपाईको प्रतिक्रिया