काठमाडौं, १४ मंसिर । शाहिद कपुरकी पत्नी मीरा राजपुतको एक डान्स भिडियो यतिबेला निकै भाइरल भइरहेको छ। यो भिडियोमा मीरा आफ्ना बुवा विक्रमादित्य राजपुतसँग डान्स गरिरहेकी छन्।
बुवा–छोरी ‘आजकल तेरे मेरे प्यार के चर्चे हर जबान पर’ भन्ने गीतमा डान्स गरेका छन्। मीराका बुवाले आफ्नी पत्नी बेला (मीराकी आमा) सँग ‘तुम सा नही देखा’ बोलको गीतमा डान्स गरे र पछि छोरीसँग पनि डान्स गरे। भाइरल भिडियोमा ‘बुवा–छोरी’ को डान्स निकै रमाइलो देखिएको थियो।
यो बीचमा सामाजिक संजाल प्रयोगकर्ताले मीराको डुब्लिकेट फेला पारेको भन्दै भारतीय संचारमाध्यमले मिस नेपाल श्रृखंखा खतिवडालाई मीरासँग तुलना गरेका छन्। भारतीय अनलाई दैनिक भाष्करले मीस नेपाल श्रृंखला खतिवडालाई मीराको डुब्लिकेट भएको जनाएको छ।