यतिबेला चीनको सान्या सहरमा २०१८ चलिरहेको छ । ‘मिस वर्ल्डको इतिहाँसमा नै नेपाल यति नजिक पुगेको यो पहिलो पटक हो ।यस बर्षको मिस वर्ल्ड २०१८ को प्रतियोगितामा नेपाल श्रृंखला खतिवडा अहिले विश्वकै नजरमा परेकी छिन् ।नेपाल आमाकी छोरी श्रृंखला खतिवडाले मिस वर्ल्ड २०१८ को उपाधिको अब्बल प्रतिस्पर्धीको रुपमा आफुलाई प्रस्तुत गरेर दुनिया चकित पारेकी छिन् । उनी अहिले भोटिङ मार्फत अन्तिम चयन हुने चरणमा पुगिसकेकी छिन् ।

उनलाई भोटपनि निक्कै आकर्षक आइरहेको छ । उनी मिस वर्ल्ड २०१८ भएमा उनीसँगै नेपाललाई विश्वले चिन्नेछ । उनले उपाधि जित्ने नजित्ने ८ डिसेम्बरमा हुने फाइनलमा तय हुन्छ।अहिले भारतमा पनि नेपाल सुन्दरी शृंखलाको निकै चर्चा चलेको छ ।

तपाईको प्रतिक्रिया