एजेन्सी । बलिउड अभिनेत्री प्रियङ्का चोपडा र लेखक निक जोनको विवाह आइतवार सम्पन्न भएको छ । उनीहरुले हिन्दु र क्रिश्चियन धर्म परम्परा अनुसार विवाह गरेका हुन् । प्रियंका भन्दा निक जोन १० वर्ष उमेरले कान्छा छन् । शनिवार क्रिश्चियन धर्म अनुसार विवाह गरेका उनीहरुले आइतवार हिन्दु परम्परा अनुसार विवाह गरेका हुन् ।

यी दुईको बिहेको तस्बिर पिपुल म्यागेजिनले खरिद गरेको हो । जसको मुल्य १७ करोड भारतिय रुपैया हो । म्यागेजिनले विवाहको तस्बिर पहिलो पटक सार्वजनिक गरेको छ । यी जोडीले आफ्नो बिहेको पहिलो तस्बिर पिपुल म्यागेजिनलाई १७ करोड भारतीय रुपैयाँमा बेचेका थिए ।

अहिले यो तस्बिर सामाजिक सञ्जालमा तीब्र गतिमा भाइरल भइरहेको छ । तस्विरमा प्रियङ्का चोपडा र निक हिन्दू र क्रिश्चियन रीतिरिवाजबाट बिहे गरिरहेको देख्न सकिन्छ ।

बेचिएकै कारण प्रियङ्का र निकको बिहेको तस्बिर कहीँ कतै सार्वजनिक भएको थिएन । बिहेमा पनि पाहुनालाई क्यामेरा नभएको मोबाइल फोन मात्रै प्रयोग गर्न दिइएको थियो । दिल्लीको ताज प्यालेसमा आज प्रियङ्का र निकले आफ्नो पहिलो पार्टी दिइरहेका छ्न् । यस पार्टीमा दुवैका निकट साथी आएको खबर छ ।

तपाईको प्रतिक्रिया