रिमा गुरुङ्ग होडाको आवाजमा”आँखाका जोर” बोलको गीत सार्वजनिक भएको छ । सान्तना रेकर्डसबाट बजारमा आएको उक्त गीतमा संगीत प्रकाश गुरुङ्गको रहेको छ । राजेन्द्र थापाको शब्द रहेको गीतको निर्माण ४० बर्ष अगाडीनै एउटा भिडियो फिल्मको लागी गरिएको भए पनि फिल्म नै प्रदर्शनमा नआएको कारण गीत पनि सार्वजनिक हुन पाएको थिएन ।कहिल्यै कसैलाई पनि आफ्नो संगीतमा रहेको गीत गाउनको लागी आग्रह नगर्ने प्रकाश गरुङ्गले छोरी रिमासंग यो गीत गाउन भने पछि गीतले मुर्त रुप पाएको हो । सचिन सिंहको संगीत संयोजन रहेको गीतको भिडियोको निर्देशन तथा सम्पादन नेपाल आइडल जस्ता लोकप्रिय कार्यक्रमका निर्देशक समेत रहेका लोकेश बज्राचार्यले गरेका हुन । हरि हुमागाईंको छायांकन रहेको भिडियोको सहायक निर्देशक रबिन श्रेष्ठ हुन भने निशिला शाक्यको कोरियोग्राफिमा साक्षी लम्सालले अभिनय गरेका छन ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
माया प्रेम र वियोगले भरिएको जीवनको रेल लिएर आए गायक सिडी बिजय
काठमाडौँ । गायक सिडी बिजय अधिकारीको मर्म स्पर्शी गीत जीवनको रेल बोलको गीतको भिडियो सार्वजनिक भएको छ । प्रेम वियोगको कथाल...
गीतकार प्रमिला बस्नेतको नयाँ गीत ‘यो जिन्दगीको‘ सार्वजनिक
काठमाण्डौंं । गीतकार प्रमिला बस्नेतको नयाँ गीत ‘यो जिन्दगीको‘ बजारमा आएको छ । ‘यो जिन्दगीको‘ शिर्षकमा रहेको गीतमा गायक स...
राष्ट्रिय भावनाले ओतप्रोत मैथिली गीत ‘हम छी नेपाली’
विराटनगर । राष्ट्रिय भावनाले ओतप्रोत मैथिली भाषामा रेकर्ड गरिएको ‘हम छी नेपाली,नेपाल हमर शान छै’ बोलको गीत रिलिज भएसँगै ...
केशबराज भट्ट निर्देशित निताको ‘अदभूत माया’मा रिलिज (भिडियो )
काठमाडौं । नयाँ बर्ष २०८१ सुरु भए संगै यसको पुर्वसन्ध्या र नयाँ बर्षको दिन परेर धेरै नेपाली गीतहरु सार्वजनिक भए यस्तैमा ...
सुनिल गिरीको नयाँ गीत सार्बजनिक
काठमाडौं, २ बैशाख । गायक सुनिल गिरीले नयाँ गीत ‘कालीगड’ सार्वजनिक गरेका छन्। नेपाली सांगीतिक क्षेत्रमा निरन्तर रुपमा सक...
अनु चौधरी र हसन राईको ‘यि आँखालाई ‘ सार्वजनिक ( भिडियो )
काठमाडौं । चर्चित गायिका अनु चौधरी र गायक हसन राईको युगल स्वरमा रहेको गीत ‘यि आँखालाई ‘ सार्वजनिक भएको छ ।लो...