एजेन्सी – अहिले चर्चित अभिनेता अक्षय कुमार तथा रजनीकान्त अभिनित फिल्म २.० बिश्वभर प्रदर्शन् भइरहेको छ । भारतिय मिडियाका अनुसार २.० को हिन्दी संस्करणले एक सय ५२ करोड भारूको कारोबार गरेको छ।फिल्म २.० ले दोश्रो सातामा आइपुग्दा ५२ करोड भारू कमाइ सकेको छ ।

भारतिय मिडियाका अनुसार हिन्दी संस्करणले २० करोडको सुरूवाती व्यापार गरेको थियो भने सबै संस्करणमा सिनेमाले ६४ करोड भारू कमाइ गरेको थियो। करिब ५४३ करोड भारू खर्च गरेर बनाइएको फिल्म २.० सर्वाधिक महँगो भारतिय फिल्म भएको छ । फिल्म अब चिनमा पनि प्रदर्शनमा आउने भएको छ ।

तपाईको प्रतिक्रिया