छिट्टै नै प्रदर्शनमा आउन लागेको चलचित्र अदालतका मुख्य नायक रुद्र पाहिम अभिनित ‘भगवान रहेछन पुर्खाहरु”को म्युजिक भिडियो सार्बजनिक भएको छ । गीतमा चर्चित गायक राजेश पायल राइको स्वर
कौशिला राइ पाहिमको शब्द र रोशन बान्तवाको संगीत रहेको छ । गीतमा मुख्य गरी पुर्खाको सम्मान र मानब सभ्यता र हाम्रो सस्कृतिलाइ नबिर्सौ भन्ने मुख्य थिम रहेको छ र सोहि अनुसारको म्युजिक भिडियो निर्माण गरिएको भिडियोका कन्सेप्टर एबम मुख्य कलाकार रुद्र पाहिमले जानकारी दिनु भयो । रुमन थापाको क्यामेरा एबम सम्पादन रहेको भिडियोको प्रदीप थापाको निर्देशन रहेको छ । करिब १ दर्जन भन्दा बढी म्युजिक भिडियो र छिट्टै नै प्रदर्शनमा आउन लागेको चलचित्र अदालतका मुख्य नायक रुद्र पाहिम र उनकी धर्मपत्नी कौशिला राइ पाहिमले निर्माण गरेको भिडियोलाइ पुर्खाको सम्मानस्वरुप निर्माण गरिएको र आगामी दिनमा पनि गीत संगीतको छेत्र निरन्तर लागिरहने गीतकार कौशिला राइ पाहिमले जानकारी दिनु भयो।

https://www.youtube.com/watch?v=DE2MHNRyojI

तपाईको प्रतिक्रिया