काठमाडौं । गएको केही महिना पहिले सबैंको मुखमा बसेको नाम हो मीना ढकाल, चर्चा यसकारण कि उनी चर्चित हाँस्यकलाकार मनोज गजुरेलकी कुनैं समय पत्नी थिइन । उनैं चर्चित हास्य कलाकार मनोज गजुरेलसँग सम्बन्ध विदेछ गरेर चर्चामा आएकी मिना ढकालले आफु भन्दा कान्छो दलित केटासँग विवाह गर्ने इच्छा भएको बताएकी छिन् ।

उनले एक युट्युब अन्तरवार्तामा आफू भन्दा ठुलोसँग विवाह गरेर पछुतो भएको भन्दै आफू भन्दा कम उमेरको दलितसँग विवाह गर्ने इच्छा भएको बताएकी हुन् । अन्र्तवातामा आफूलाई धेरैको प्रस्ताव आएको बताएकी छिन् । धेरैको प्रस्ताव आए पनि उनले अफूभन्दा परिपक्वतासँग र धनिसँग विवाह नगर्ने बताएकी छिन् । विवाहको बारेमा प्रश्न गर्दा उनले भनिन् “आफूभन्दा ठुलो उपाध्याय बाहुनसँग विवाह गरे अहिले यस्तो भयो ।

अब बरु हुन सक्छ भने आफु भन्दा कान्छो दलितसँग विवाह गर्न चाहन्छु ।” आफु भन्दा धेरै कान्छो पनि होइन ४र ५ वर्ष कान्छोसँग विवाह गर्ने बताइन् उनले आफ्नो सोच आफु भन्दा कम उमेरकोसँग मिल्ने भएकाले कम उमेकैसँग विवाह गर्ने बताइन् । उनले समाजको लागि विवाह परिवर्तन गर्न लागेको बताइन् ।

उनले जात(भात, धनी(गरिब केही पनि नछुटाउने र आफूसँग मन मिल्यो भने विवाह आफु भन्दा कम उमेरकोसँग गर्न तयार रहेकी समेत बताइन् । उनले भनिन्, “आफु भन्दा परिपक्वता र धनीसँग विवाह गरे भने डोमिनेन्ट भइन्छ । अब अरूको कपडा धुन, काम गर्न जान सक्दिन ।” मीनाको उक्त कुरालाई सामाजिक सञ्जालमा खुबैं उडाउन खोजिएको छ ।

तपाईको प्रतिक्रिया