काठमान्डाँै , पुुस १५
मायामा हजारौ सपनाहरुलाई लाई सजाइरहेको अवस्थामा आफनी प्रेमीकाले छोडेर पराईको काखमा जादाँ मनमा उत्पन्न हुने मनको भावनालाई समेटेर सर्जक सञ्जिव कुमार खातीको पहिलो लोकदोहोरी गीत गायिका पुर्णकला विसी र गायक आशिष सुनारको आवाजमा ‘ आँशुको उपहार ’ गीतको भिडियो सार्वजनिक भएको छ ।
आफुलाई छोडेर गएपनि आफनी प्रेमीकालाई खुशी साथ पराईको साथमा रमाउन आग्रह गरिएको छ । चन्दन ओलीको लय सिर्जना तथा सञ्जिव कुमार खातीको शब्द सिर्जनामा मार्मिक मनछुने भाकाहरुलाई समेटेर गीत तयार गरिएको छ । सुरेश श्रेष्ठको छायाँकन , अमर शाक्यको सम्पादन , कपिल लामाको निर्देशन भिडियोमा रहेको छ । ‘ आँशुको उपहार ’ गीतमा निरा मगर र आशिष सुनार को अभिनय रहेको छ ।
‘ आँशुको उपहार ’ भिडीयो हेर्नुहोस

तपाईको प्रतिक्रिया