नेपाल फिल्म सोसाइटी र ग्लोबल नेपाली फिल्म अवार्ड एल एल सीको आयोजनामा अमेरिकाको कोलोराडो, डेनभरमा ‘तेश्रो ग्लोबल नेपाली फिल्म अवार्ड २०१८’ भब्य रुपमा सम्पन्न भएको छ। नेपाली चलचित्र र कला क्षेत्रमा योगदान दिने व्यक्ति हरुलाई सम्मान गर्ने उदेश्य बोकेको ग्लोबल नेपाली फिल्म अवार्डले यस वर्ष पनि विभिन्न चलचित्रकर्मी, र कलाकर्मीलाई सम्मान स्वरुप अवार्ड प्रदान गरेको छ । उक्त अवार्डमा सहभागी हुन नेपाल लगायत विश्वभरबाट नेपाली कलाकारहरु कोलोराडो पुगेका थिए ।
जनवरी ५ तारिखमा सम्प्पन उक्त ‘तेश्रो ग्लोबल नेपाली फिल्म अवार्ड २०१८’ लामो समय देखि नेपाली मिडिया र फिल्म क्षेत्रमा काम गर्दै आएका निर्देशक विधान कार्कीले कन्ट्रीब्युसन अवार्ड तर्फको उत्कृष्ट म्युजिक भिडियो निर्देशकको अवार्ड हात पारेका छन् । नेपाली फिल्म, कला क्षेत्र र सांगीतिक क्षेत्रमा योगदान दिएको भन्दै निर्देशक कार्कीलाई अवार्ड प्रदान गरिएको हो । निर्देशक कार्की अमेरिकामा आफ्नो फिल्म मेकिङ्ग अध्ययन पुरा गरी नेपाल फर्किएका हुन् र उनि यति बेला नेप्सिने नामक मिडिया र मनोरन्जन कम्पनी संचालन गर्दैछन।