राजु बोहरा–काठमाडौँ । बिशेष गरेर आफ्नै कला संस्कृति र मौलिकता भित्र रुमलिएर अगाडी बढीरहेका गायक जी.यस संगम को सुमधुर स्वरमा भर्खरै “शिरको फुल त्यसै झर्दैन” बोलको गीत सार्बजनिक भएको छ । युवाअवस्थामा आफुले माया गरेको मान्छेलाई दुइ बर्ष कुर्नु भन्दा पनि बाबा आमाको करकाबले बैबाहिक बन्धनमा बाँधिनु परेर, पछी बिदुवा जिबन जिउन परेको अत्यन्त घत लाग्दो प्रेम कथामा यो गीत बनेको छ । सरस्वति संगमको प्रस्तुतिमा बजारमा आएको यस गीतमा जी.यस संगै काब्य आचार्यको पनि सुमधुर स्वर सुन्न सकिन्छ ।

जी.एस संग कै लय तथा शब्द सिर्जना बाट काब्य म्युजिक प्रालिले बजारमा ल्याएको यस गीतको म्युजिक भिडियो पनि निकै मनछुने बनेको छ । भिडियोमा आशा खड्का र जी.यस संगमको जिबन्त अभिनय रहेको छ । “शिरको फुल त्यसै झर्दैन” बोलको गीतको म्युजिक भिडियोलाई निर्देशन हाल साउदी अरबमा रहेका लोकप्रिय सर्जक तथा गायक रमेश श्रेष्ठले गरेका हुन् भने छायांकन सागर गौतम र सम्पादन रमित ओलीले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया