विगत दुइ दशक देखि नेपाली सांगीतिक छेत्रमा क्रियाशील गायक तथा सङ्गीतकार सूर्य दयालुको नयाँ ‘दुई किनर’ सार्वजनिक भएको छ । दयालुको स्वर र सङ्गीतमा रहेको यो गीत गत मंगलवार सार्वजनिक भएको हो ।बासु बराइलीले लेखेको यो गीतलाई गणेश चौधरी एरेन्ज गरेका हुन् । रमणीय दृश्य कैद गरिएको गीतको भिडियोमा सारा श्रेष्ठ, र जीवन भट्टराई लाई फिचरिङ गरिएको छ ।
जीवन शाहीको निर्देशन रहेको भिडियोलाई उत्सव दाहालले छायाँकन, निशान घिमिरेले सम्पादन गरेका हुन ।गीतको भिडियोमा जीवन भट्टराई संगअनस्क्रिन रोमान्स गरेकी मोडल साराले आधा दर्जन भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरेकी छन् । नेपाल बाहिर रहेर मोडलिङ गरिरहेकी उनको अभिनय शसक्त देखिएको छ यो गीतको भिडियोमा पनि ।


२०५४ सालमा रेडियो नेपालमा स्वर परिक्षा पास गरेर यो क्षेत्रमा आधिकारिक रुपमा आफूलाई होमेका गायक तथा सङ्गीतकार सूर्य दयालुले थुप्रै आधुनिक गीत मार्फत स्रोता,दर्शकको मन जित्न सफल भएका छन् । तीन सय भन्दा बढी गीतमा स्वर तथा सङ्गीत दिएका सूर्यले थुप्रै चलचित्रका गीतमा पनि सङ्गीत दिएका छन् । नेपाली बाहेक भोजपुरी, मैथली भाषाका गीतमा उनको सङ्गीत सुन्न सकिन्छ ।दुई किनार’ गीत र म्युजिक भिडियो राम्रो बनेकाले दर्शक,स्रोताले मनपराई दिनु हुनेछ भन्ने विश्वास दयालुले लिएका छन ।

तपाईको प्रतिक्रिया