सूर्य शौर्यमथेन्दुरुच्चपदवीं सन्मङ्गलं मङ्गलं । सद्वुद्धिं च वुधो गुरुश्च गुरुतां शुक्रः शुभं शं शनिः ।।
राहुर्वाहुबलं करोतु सततं केतुः कुलस्योन्नतिं । नित्यं प्रीतिकरा भवन्तु मम ते सर्वेऽनुकूला ग्रहाः ।।

पञ्चाङ्ग
श्रीसूर्य उत्तरायण,शिशिरर्तुः,विरोधकृत् नाम संवत्सर,श्रीशाके १९४०,विक्रमसम्वत २०७५ साल माघ २४ गते विहिबार नेपाल सम्बत ११३९ सिल्लाथ्व तदनुसार सन् २०१९ फेब्रुवरी ७ तारिक शुक्लपक्ष तृतीया तिथि दिन रातभर,शतभिषा नक्षत्र विहान १० वजेर ३७ मिनेटसम्म उप्रान्त पूर्वभाद्रा नक्षत्र,परिघयोग,तैतिलकरण,आनन्दादियोग वज्र,सूर्य मकर राशीमा,चन्द्रमा कुम्भ राशीमा । योगिनी आग्नेयकोणमा,काल दक्षिण र पाश उत्तर दिशामा एवं चन्द्रमा पश्चिम दिशामा दिनभर रहने छन् । पञ्चक अहोरात्र,दक्षिणको यात्रा वर्जित छ ।

मुहूर्त
राहुकालः–अशुभ अपरान्ह १ वजेर ४१ मिनेटबाट ३ वजेर ३ मिनेटसम्म रहनेछ । अशुभ यमघण्टायोगः–विहान ६ वजेर ४९ मिनेटबाट ८ वजेर ११ मिनेटसम्म रहनेछ । गुली कालः–सामान्य विहान ९ वजेर ३३ मिनेटबाट १० वजेर ५६ मिनेटसम्म रहनेछ । दूरमुहूर्तः–अशुभ विहान १० वजेर २८ मिनेटबाट ११ वजेर १२ मिनेटसम्म र अपरान्ह २ वजेर ५२ मिनेटबाट ३ वजेर ५६ मिनेटसम्म रहनेछ । शुभ अभिजित मुहूर्तः–पूर्वान्ह ११ वजेर ५६ मिनेटबाट मध्यान्ह १२ वजेर ४० मिनेटसम्म रहनेछ ।

दिन बार बेला
सूर्योदयबाट प्रातः ८ वजेर १२ मिनेटसम्म शुभ वेला,८ वजेर १२ मिनेटबाट ९ वजेर ३४ मिनेटसम्म रोग वेला,९वजेर ३४ मिनेटबाट १० वजेर ५६ मिनेटसम्म उद्वेग वेला,१० वजेर ५६ मिनेटबाट १२ वजेर १९ मिनेटसम्म चर वेला,१२ वजेर १९ मिनेटबाट १ वजेर ४१ मिनेटसम्म लाभ वेला,१ वजेर ४१ मिनेटबाट ३ वजेर ३ मिनेटसम्म अमृत वेला,३ वजेर ३ मिनेटबाट ४ वजेर २५ मिनेटसम्म काल वेला र ४ वजेर २५ मिनेटबाट सूर्यास्तसम्म शुभ वेला रहनेछ ।

रात्री बार बेला
सूर्यास्तबाट ७ वजेर २५ मिनेटसम्म अमृत वेला,७ वजेर २५ मिनेटबाट ९ वजेर ३ मिनेटसम्म चर वेला,९ वजेर ३ मिनेटबाट १० वजेर ४१ मिनेटसम्म रोग वेला,१० वजेर ४१ मिनेटबाट १२ वजेर १८ मिनेटसम्म काल वेला,१२ वजेर १८ मिनेटबाट १ वजेर ५६ मिनेटसम्म लाभ वेला,१ वजेर ५६ मिनेटबाट ३ वजेर ३४ मिनेटसम्म उद्वेग वेला,३ वजेर ३४ वजेबाट ५ वजेर १२ मिनेटसम्म लाभ र ५ वजेर १२ मिनेटबाट सूर्योदयसम्म अमृत वेला रहनेछ ।

मेषः– हिसाव किताव गरेर काम गर्नु होला नत्र उपलब्धि कम हात लाग्नेछ । व्यापार व्यवसायबाट सोचे भन्दा राम्रो आम्दानी हुनेछ । बोलीको सहयोग गर्ने बढि हुनेछन् भने व्यवहारिक सहयोग गर्ने कम हुनेछन् । विरोधीहरु कमजोर बन्नेछन् । नोकरी तथा राजनीतिबाट फाइदा लिन कसरत बढि गर्नु पर्ला । काममा ढिला सुस्ति नगर्नु होला ।

वृषः– कार्य क्षमता बढ्नेछ । सरल विधिबाट कार्य सम्पादन हुनेछन् । इज्जत प्रतिष्ठा वृद्धि हुने खालका काम हुनेछन् । पठन पाठनमा प्रगति हुनेछ । कुरा काट्नेहरु समर्थनमा आउने छन् । सामाजिक काममा अभिरुची बढ्नेछ । व्यापार व्यवसायमा सुधारका संकेत देखिने छन् । आफन्तबाट सहयोग सल्लाहा सुझाव मिल्नेछ ।

मिथुनः– धर्म कर्म तिर मन जानेछ । अरुको भलाईमा आफ्नो भविष्य नदेख्नु होला । खानपानमा ध्यान दिनुहोला नत्र स्वास्थ्यमा समस्या आउनेछ । व्यापार व्यवसायमा खासै प्रगति हुने देखिन्न । यात्राको सम्भावना देखिन्छ । नोकरी तथा राजनीतिबाट सन्तुष्टि कम मिल्नेछ । पढाई लेखाईमा भने थोरै प्रगति हुनेछ ।

कर्कटः– दिन प्रतिकुल देखिन्छ । वचाएर राखेका पौराणिक कुरा नष्ट हुनसक्छन् सचेत रहनु होला । सयोग गर्ने भन्द खुट्टो तान्नेको संख्या बढि हुनेछ । काम गर्ने बातावरण त्यति सहज देखिदैन । भाग्यले कम साथ दिनेछ । मानसिक तनाव बढ्न सक्छ । जोखिम मोलेर नयाँ क्षेत्रमा लगानी नबढाउनु होला ।

सिंहः– समयको उपयोग गर्नु होला पछि यो समय आउने छैन । आयत निर्यात व्यापार व्यवसायबाटबाट लाभान्वित हुनुहुनेछ । आर्जित धनलाई वचतमा परिणत गर्न गाह्रो हुनेछ । विदेश यात्राको सम्भावनालाई नकार्न सकिन्न । लोभ मोह बढ्नेछ । काममा ढिला सुस्ति नगर्नु होला । पढाई लेखाईमा खासै प्रगति हुने छैन ।

कन्याः– बढि महत्वकाँक्षी नबनि काम गर्नु होला । हेलचक्र्याई भयो भने उपलब्धि गुम्नेछ । विरोधीको सामना गर्नु पर्नेछ । गोपनियता अप्नाएर कार्य योजना अगाडि बढाउनु होला । स्त्री एवं सन्तानको चिन्ताले छोड्ने छैन । मेहनतका साथ गरेका काम सफल हुनेछन् । संघर्षबाट मात्र लक्ष्यमा पुग्न सकिनेछ । मुद्धा जीतिने छ ।

तुलाः– समयमा पूर्ण सुधार देखिदैन तर समस्या भने केहि घट्ने छन् । सवैलाई आफ्नो ठान्नु धोका हुनसक्छ । दूर्जनका कारण धन खर्च हुनेछ । पढाई लेखाईमा मन जानेछ । वौद्धिक व्यक्तित्व सँग भेटघाट हुनेछ । सन्तान सुख कम मिल्नेछ । स्त्रीको सहयोग लिएर काम गर्दा केहि सहज हुनेछ । घर वाहिर बढि आनन्द मिल्नेछ ।

वृश्चिकः– समय सहज देखिदैन । शारीरिक एवं मानसिक शिथिलता बढ्नेछ । अनावस्यक विषय बस्तुमा समय खेर जानेछ । खर्चालु काम धेरै गर्नु पर्ला । घरयासी प्रयोजनको लागि समान खरीद हुनेछन् । आहार विहारका कारण स्वास्थ्यमा खरावी हुनसक्छ । आस्था र विश्वास घट्न सक्छ । आफन्तबाट सामान्य सहयोग मिल्नेछ ।

धनुः– ग्रह गोचर ठीकै देखिन्छ । उद्योग,पराक्रम घट्ने छैन । व्यापार व्यवसायबाट सामान्य आम्दानी हुनेछ । अरुको भर पर्दा उपलब्धि थोरै हुनेछ तस्मात् आफ्नो काम आफै गर्नु होला । पढाई लेखाई मन्द रहनेछ । सहयोग गर्ने भन्दा कुरा काट्ने बढि हुनेछन् । राजनीतिमा धेरै चासो नदिनु होला । आर्थिक कारोवार गर्दा चनाखो हुनुहोला ।

मकरः– समय मध्यम खालको देखिन्छ । हेलचक्र्याई कहि कतै नगर्नु होला । ऋण लगानी नगर्नु होला पछि उठाउन गाह्रो हुनसक्छ । इष्टमित्र साथी भाईमा अल्प प्रेम होला । हृदयबाट सहयोग गर्ने कमै हुनेछन् । विवाद देखि टाढा बसी आफ्नो काममा दत्तचित्त भएर लाग्नुहोला । मेहनतपूर्वक गरेका काम सफल हुनेछन् । व्यापारबाट थोरै आम्दानी हुनेछ ।

कुम्भः– काम गर्ने उत्साहा घट्ने छैन । काममा देखिएका समस्या कम भएर जाने छन् । फजुल खर्चमा कमी आउनेछ । व्यापार व्यवसायमा सुधार आउनेछ । आम्दानी खर्च बराबरै जस्तो हुनेछ । वचतमा जोड दिनुहोला । भोज भतेर,धार्मिक कार्यमा सहभागि हुन पाईनेछ । नोकरी तथा राजनीतिमा अधिकारको खोजी हुनेछ । काममा ढिला नगर्नु होला ।

मीनः– समयले साथ कम दिनेछ । प्रतिकुल परिस्थितिको सामना गर्नु पर्ला । पढाई लेखाईमा सोचे जस्तो प्रगति हुने छैन । व्यापार व्यवसायमा गिरावट आउनेछ । अनावस्यक खर्च बढ्नेछ । परिवारको स्वस्थ्यमा समस्या आउनेछ । जोखिम मोलेर कुनै काम नगर्नु होला । अहार विहार नमिल्दा स्वास्थ्यमा समस्या आउन सक्छ ।

तपाईको प्रतिक्रिया