राजु बोहरा–काठमाडौँ । नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा पछिल्लो समय फरक-फरक स्वादका सांगीतिक कोसेलीहरु बजारमा आइरहेका छन् । सोहि क्रममा सरगम म्युजिक सेन्टर प्रालिको प्रस्तुतिमा शुशिला मगरको निकै मन छुने लोक दोहोरी गीत “बरबर आँशु” बोलको गीत पनि बजारमा आएको छ ।

हिजो सम्म आफ्नो जिबनको सारा सर्वस्व सोच्ने तिमि, आज मलाई बीच बाटोमा नै अलपत्र छोडेर आफ्नै स्वर्णिम संसारमा रमाउन पुग्यौ है ? तिमीले त त्यो बाचा बन्धन सबै तोड्यौ, तर म कहाँ सक्छु र त्यो अतित भुल्न !! मेरो त त्यहि अतित सम्झेर नै हरेक पल बित्ने गरेको छ ।

यस्तै वियोगान्त प्रेम भावमा तयार भएको यस गीतमा राजेन्द्र सुबेदी र शुशिला मगरको सुमधुर स्वर सुन्न सकिन्छ । यस गीतलाई लय गोबिन्द आलेले तयार पारेका हुन् भने शब्द राजेन्द्र सुबेदीले भरेका छन् ।

प्रस्तुत गीतको म्युजीक भिडियो पनि निकै मन छुने बनेर सार्बजनिक भएको छ । भिडियोमा सारिका के.सी र दिपक तिरुवाको अभिनय देख्न सकिन्छ । “बरबर आँशु” बोलको गीतको म्युजिक भिडियोलाई निर्देशन एकेन्द्र सारा शंकरले गरेका हुन् भने छायांकन करन चैंसिर र सम्पादन बिष्णु शर्माले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया