राजु बोहरा–काठमाडौँ । स्थायी घर दोलखा भएका कलाकार अशिम कुमार कटुवाल पछिल्लो पटक अशंख्य संगीत पारखिहरुको सांगीतिक ढुकढुकी बन्न सफल भएका छन् । सुरुका समयमा धेरै संघर्ष गर्न परेता पनि अहिले आएर श्रोता तथा दर्शकहरुको असिमित माया पाउँदा उनि खुसि ब्यक्त गर्दछन । श्रोता तथा दर्शकहरुको माया पाउन आफुले मेहनत गरे कुनै ठुलो कुरा होइन तर यस असिमित मायालाई बचाइराख्न भने निकै गाह्रो हुने गर्दछ ।

यसैलाई ध्यानमा राखेर अशिमले फेरी आफ्नो लय तथा शब्द सृजनामा अर्को गीत बजारमा ल्याएका छन् । प्रस्तुत गीत अविरल तामांग र सोनी तामांगको प्रस्तुतिमा “ठुली” नामको साथमा बजारमा आएको हो । यस गीतमा अमृता रायमाझी रश्मि र अविरल तामांगको सुमधुर स्वर सुन्न सकिन्छ । यस गीतको म्युजिक भिडियोमा करिश्मा ढकाल र चक्र बमको अभिनय देख्न सकिन्छ । भिडियोलाई निर्देशन प्रविन थापाले गरेका हुन् भने छायांकन नमराज घिमिरे र सम्पादन शक्ति प्रज्वल घिमिरेले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया