राजु बोहरा–काठमाडौँ । नेपाली गीत संगीतको क्षेत्रमा क्रियासिल कलाकारहरुले फरक-फरक सांगीतिक स्वाद आफ्ना दर्शक तथा श्रोताहरुलाई दिने क्रममा गायिका गीता लामाले सेलो संगीत प्रेमीहरुका लक्षित गर्दै “गान्बा त आपाको मै छोरी” बोलको गीत भर्खरै बजारमा लिएर आएकी छिन् । बिशेष गरेर यो गीत तामांग समुदाय प्रति लक्षित भएता पनि पछिल्लो समयमा यी यस्ता गीतहरुलाई सबै संगीत पारखीहरुले मन पराउने गरेका छन् । गायिका गीतले यस अगी पनि थुप्रै गीतहरु बजारमा ल्याइसकेकी छिन् ।

उनको अहिलेको यस प्रस्तुतिमा आफ्नै स्वर रहेको छ भने शब्द युग लामा र संगीत श्रीकृष्ण बम मल्ल को रहेको छ । आफ्नै देशको आफ्नै कला संस्कृति भित्र रुमलिएको यस गीतको म्युजिक भिडियोमा युद्ध लामा, अनिता गोले र बाबु सेन्चुरीको आकर्षक अभिनय देख्न सकिन्छ ।भिडियोलाई निर्देशन, छायांकन तथा सम्पादन सुर्य लामाले गरेका छन् । हामी गायिका गीता लामाको सफल सांगीतिक यात्राको शुभकामना ब्यक्त गर्दछौं ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया