मुम्बइ। नवजोत सिंह सिद्धूलाई पुलावामा आतंकवादी आक्रमणका विषयमा विवादित टिप्पणी गरेको भन्दै द कपिल शर्मा शोबाट निकालियो । सामाजिक संजालमा उनको तीब्र विरोध भइरहेको छ । यस विषयमा सोनी टिभी र कपिल शर्मा दुवैले कुनै टिप्पणी गरेका थिएनन् । तर, अहिले भने कपिलले विवादका विषयमा आफ्नो धारणा राख्दै सिद्धूको समर्थन गरेका छन् ।

कपिलले चण्डीगढमा भएको एक कार्यक्रममा सिद्धू आफ्नै केही कामले शोमा नभएको बताएका छन् । उनले सिद्धूलाई शोबाट निकालिएको कुरा अस्वीकार गरे । सिद्धूले समय दिन नसकेका कारण अर्चना पुरन सिंहले सुटिङ गरेको उनले बताए । सिद्धूको विवादित बयानका विषयमा उनले कसैलाई प्रतिबन्ध लगाउनु वा शोबाट हटाउनु समस्याको समाधान नभएको ताए । उनले यो समस्याको स्थायी समाधान निकाल्नुपर्ने बताए ।

तपाईको प्रतिक्रिया