काठमाडौँ- दौतरी गायक पशुपति शर्माका कारण अर्का गायक बद्री पंगेनी तनावमा छन् । शर्माले ‘लुट्न सके लुट कान्छा’ बोलको गी रातारात भाइरल भएपछि बद्री तनावमा परेका हुन् । आफ्नो गीत हिट भएन भन्ने कुराले पंगेनी तनवमा परेका भने होइनन् । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष भएका कारण उनी तनावमा परेका हुन् । यो खबर शुक्रबार साप्ताहिकमा प्रकाशित छ ।

प्रतिष्ठानको उपाध्यक्ष समेत रहेका गायक पशुपति शर्माको गीत विावदमा पर्नेवित्तकै उनी मोबाइलको स्वीच अफ गरेर ढुक्क बसे । शर्मा सम्पर्क विहीन हुनेवित्तिकै प्रतिष्ठानको उपाध्यक्ष खोज्दै हजारौं कल आएर उनी तनावमा परेका हुन् ।

उनले भने, ‘हरु समयमा मिडियाले वास्ता गर्दैनन् । जव विवाद आउँछ, कल गरेर वाक्क बनाउँछन् । हुन पनि हरेक कलमा उनलाई पशुपति कता हराए, सम्पर्क गराइदेऊ भन्न मात्रै फोन आउँदो रहेछ । ‘मसँग अरु कुरा गर्ने भए गर्नुस् पशुपति काण्ड बारे हो भने, कुरै नगर्नुस्’ भनेर फोन राखिदिदा रहेछन् ।

उनका टेन्शनका अर्को कारण चाँही लामो समयको अन्तरालपछि उनले हालै नयाँ गीत म्वाई निकालेका थिए । यो गीतको बारेमा कुनै मिडियाले कतै उल्लेख गरिदिएनन् । गीतको पछि लाग्नुपर्ने बेलामा ब्यक्तिको पछि लागेकाले उनी दिक्किएका हुन् । अनि हुदैन त उनलाई तनाव १

तपाईको प्रतिक्रिया