काठमाडौं– ‘मन मगन…’ गीतको लोकप्रियता शनिवार भक्तपुरको सल्लाघारीमा देखिएको छ । मन मगन भक्तपुर–२०७५ शीर्षकको लाइभ कन्सर्टमा गायक दीपक बज्रँचार्य तथा उनको सांगीतिक समुह रिदमले उपस्थित दर्शकहरुलाई नचाउन सफल भएको छ ।रशलाइट मिडियाले आयोजना गरेको उक्त कार्यक्रममा गायक बज्रँचार्यले मन मगनसहित आफ्ना लोकप्रिय गीत–संगीत प्रस्तुत गरेका थिए । करिव साढे दुई दशकदेखि नेपाली सांगीतिक क्षेत्रमा सक्रिय गायक तथा संगीतकार बज्राचार्यले कार्यक्रममा काली काली हिस्सी परेकी, मायाको डोरीले, ओ अमिरा, प्रीये, मन मगनसहितका गीतहरु प्रस्तुत गरेका थिए ।

मन मगन…गायक बज्रँचार्यको पछिल्लो लोकप्रिय गीत हो । मन मगन गीत तथा यसको म्युजिक भिडियो नेपालमात्र होइन, विदेशसम्म पनि उत्तिकै लोकप्रिय छ । उक्त गीतमा बजाइएका परम्परागत बाजा तथा भिडियोमा प्रस्तुत गरिएको परम्परागत कला र संस्कृतिलाई अन्तर्राष्ट्रियस्तरमै रुचाइएको छ । शनिवारको कन्सर्टमा मन मगन…प्रस्तुत गरिरह“दा स्टेजमा परम्परागत झा“कीहरु पनि प्रस्तुत गरिएको थियो ।

सांगीतिक कार्यक्रमको क्रममा आयोजक संस्थाले वल्र्ड बडी बिल्डिङ च्याम्पियन महेश्वर महर्जनलाई नगद राशीसहित सम्मान गरेको थियो । कार्यक्रममा बाल गायिका समिक्षा अधिकारीले पनि आफ्नो प्रस्तुतीमार्फत उपस्थित दर्शकहरुलाई मनोरञ्जन प्रदान गरिन् । कार्यक्रममा डिजे तामाले आफ्नो उत्कृष्ट प्रस्तुतीमार्फत उपस्थित दर्शकहरुलाई नचाएका थिए ।

कार्यक्रममा बज्र डान्स मण्डलाले प्रस्तुत गर्ने कल्चरल डान्सले पनि दर्शकको मन जितेको थियो । कन्सर्टको क्रममा कोरियोग्राफर मोडल रमिता भण्डारीको कोरियोग्रँफीमा व्यवसायिक मोडलहरुले कल्चरल थिममा आधारित पहिरनहरु प्रदर्शन गरेका थिए । फेसन शोमा हेटौंडाको जय प्रकृति सिलाइ प्रशिक्षण केन्द्र तथा ललितपुरको ज्वजलप्पा कलेक्सनले तयार पारेका पहिरनहरु प्रदर्शन गरियो ।कार्यक्रमको सह–आयोजकको रुपमा तौडमाधी यूथ क्लब भक्तपुर तथा राग रागिनी इभेन्ट रहेका थिए ।

तपाईको प्रतिक्रिया