एजेन्सी। अमिर खानले शाहरुख खान प्रविधि प्रयोगमा आफूँभन्दा धेरै अगाडी रहेको बताउने गरेका छन्। यसबारे उनले हालै एउटा घटना सुनाएका छन्।

सन् १९९६ मा शाहरुख र अमिर अमेरिका तथा यूकेमा शो गरिरहेका थिए। त्यतिबेला बजारमा तोसिबाको नयाँ ल्यापटप आएको थियो। शाहरुखले त्यो ल्यापटप आफूँले किन्ने बताउँदै अमिरलाई पनि किन्न भने। तर अमिरले किन्न मानेनन्। अमिर भन्छन्, ‘मैले नकिन्ने बताएपछि शाहरुखले दुईओटा ल्यापटप किने र एउटा मलाई उपहार दिए।’

अमिरले बताए, ‘मलाई अचम्म लाग्छ कि शाहरुखले दिएको त्यो ल्यापटप मैले पाँच वर्षसम्म खोलिनँ। तर पछि एक दिन चलाउँदा ल्यापटप अन नै भएन। पाँच वर्षसम्म नखोली राखेकोले त्यो ल्यापटप नै नचल्ने भएछ।’

तपाईको प्रतिक्रिया