उर्लाबारी, १८ फागुन ।  मोरङको उर्लाबारी नगरपालिका – ९ की निमा धिमालले मिस धिमाल – २०१९ जितेकी छन् । गएराती उर्लाबारी – ८ स्थित न्यु भिजन एकाडेमी परिसरमा भएको फिनालेमा अन्य १९ जना प्रतिष्पर्धीलाई पछि पार्दै निमाले मिस धिमाल जितेकी हुन् ।

उपाधिसँगै निमाले मिस धिमालको ताज र नगद रु १ लाख प्राप्त गरेकी छन् । यस्तै झापा विर्तामोडकी प्रतिमा धिमाल फस्ट रनर अप भएकी छन् । उनले ताजसँगै रु ५० हजार प्राप्त गरिन् भने सेकेण्ड रनर अप भएकी बेलवारीकी रविना धिमालले ताजसँगै रु ३५ हजार प्राप्त गरिन् ।

कार्यक्रमका प्रमुख अतिथी मोरङ क्षेत्र नं. १ का प्रदेश सांसद् कुलप्रसाद साम्बाले पुरस्कार वितरण गर्नुभएको आयोजक धिमाल विद्यार्थी युवा मञ्चका संयोजक सुनिल धिमालले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया