भारत पाकिस्तानबीचको लडाईले यतिबेला यी देशका जनतादेखि लिएर मिडियासम्मको पनि निकै चर्काचर्की भईरहेको छ । भारत र पाकिस्तानबीच हरेक सम्बन्ध पहिलेदेखि नै खासै राम्रो भने होईन तर सांस्कृतीक सम्बन्ध भने सधै नजिकको हो । पाकिस्तानी कलाकारहरु बलिउडमा धेरै संख्यामा काम गरिरहेका छन् भने बलिउड फिल्मको अर्काे ठुलो बजार पाकिस्तान पनि हो । यही युद्धलाई लिएर यतिबेला यी देशका कलाकारहरुबीच पनि वाकयुद्ध नै चलिरहेको छ । कलाकारहरु एक अर्काको ट्वीटबिरुद्ध खनिईरहेका छन् । त्यसमा प्रियंका चोपडा यतिबेला सर्वाधिक चर्चामा रहेकीछिन् ।

 

उनले भारतले बालाकोटमा गरेको हवाई आक्रमणपछि ट्वीट गर्दे भारतीय सेनाको समर्थनमा जय हिन्द लेखेपछि यसमा चर्काे बिवाद बनिरहेको छ । बिवाद हुनुको कारण भने प्रियंका युनिसेफको ब्राण्ड एम्बेस्डर हुन जसले विश्व शान्तीमा विश्वास राख्ने गर्छ नकी युद्धमा । युनिसेफको ब्राण्ड एम्बेस्डर भएको कारण उनले भारत पाकिस्तानको युद्धलाई समर्थन गरेको भन्दै पाकिस्तानमा प्रियंकालाई युनिसेफको ब्राण् एम्बेस्डरबाट हटाउनु पर्ने भन्दै बहष नै चलेको छ । त्यतीमात्र होईन प्रियंकाले युद्धको समर्थन गरेको भन्दै पाकिस्तानी कलाकार र आम जनताहरुले संयुक्त राष्ट्र संघ र युनिसेफलाई नै ट्याग गर्दे अनलाईन पिटिशन सुरु गरेका छन् ।

जसमा उनीहरुले प्रियंकालाई युनिसेफको ब्राण्ड एम्बेस्डरबाट हटाउनु पर्ने माग गरेका छन् । पाकिस्तानमा यसको लागि हस्ताक्षर अभियान नै चालिएको छ जसमा पाकिस्तानी जनताहरुले उत्साहपुर्वक साथ दिईरहेका छन् । जुन याचिकामा भनिएको छ “दुई देशबीच यदि न्युक्लिएर वार हुन्छ भने यसले मात्र त्रास फैलाउछ । युनिसेफको ब्राण्ड एम्बेस्डर भएको नाताले प्रियंकाले भारतीय वायु सेनाको पक्षमा ट्वीट गर्नु हुन्थेन ।

प्रियंकाले शान्ती र निस्पक्षताको परिचय दिनु आवश्यक थियो । उनले गरेको ट्वीट गलत थियो त्यसैले उनी यस पदको लायक छैनन् “। पाकिस्तानी नायिकाहरुले समेत प्रियंकाले युद्धलाई प्रमोट गरेर गल्ती गरेको भन्दै उनको उक्त ट्वीटको स्क्रिनसट गरेर राख्न र जब उनले शान्तीको बारेमा भाषण गर्दे नौटंकी गर्छिन् तब प्रियंकालाई उनको बनावटी छबिको बारेमा स्मरण गराउने समेत बताएका छन् ।

तपाईको प्रतिक्रिया