अमेरिकामा बसेर नेपाली गीत संगीतलाई बढावा दिदै अगाडी बढिरहेका गायक गायक डम्बर खापुङ नयाँ गीत
”नाकैमा फुली”लिएर पुन नेपाली सांगीतिक बजारमा आएका छन ।एन के खरेलको शब्द र खापुङको नै सगीत रहेको गीतको म्युजिक भिडियो शुक्रबार साझ देखि ओ एस आरको यु ट्युब मार्फत डिजिटल बजारमा आएको हो। भिडियोमा नायक पुष्प खड्का र एलिसा राइ र तिलक पकवाल फिचर्ड छ्न। पुष्प खड्का पछिल्लो समयका ब्यस्त नायक हुन भने भिडियोमा सह कलाकारमा रहेका तिलक पकवाल
अमेरीकी प्रहरीको रिजर्भ फोर्समा कार्यरतको सथिया अमेरीकामै भिजन होम हेल्थ केयर, ग्रोसरी एण्ड नेपाली किचन, माउण्टेन ट्रभल्स लगायतका बिभिन्न व्यवसाय का सफल संचालकको साथै अमेरिकी अदालतमा नेपालीभाषीहरुको अनुवादक संगसँगै सहयोगीको रुपमा नेपाली भाषी समुदायमा मात्र नभएर त्यहाँको समग्र समाजमा आफ्नो अब्बल परिचय बनाएका सफल व्यत्ति हुन ।

गायक खापुङ द्वारा संगीतबद्ध बिकु छेत्रीको ”जाऊ हिड”केहि दिन अघि मात्र सार्वजनिक भएको थियो भने
गायक खापुङ विदेशमा समेत नेपाली गीत संगीतलाई स्थापित गर्न धेरै प्रयास गरिरहेका छन धेरै हद सम्म उनि सफल पनि भएका छन ।

तपाईको प्रतिक्रिया